श्रद्धेय डुङ्गसे कुनजाङ जिग्मी नामग्याल रिन्पुछेको परिचय

सिलगढी मैत्री म्हाणिोा बौद्ध संघका कार्यक्रमहरुमा हजुरहरुले संधै सुनिरहनु भएको देखीरहनु भएको हाम्रो करयणामय गुरु श्रद्धेय दुङसे  कुनजाङ जिग्मी नामग्याल रिन्पुछेज्युलाई नमन गर्दै वँहाको परिचय दिने ठुलो आँट गरेकी छु। वँहाको बाजे श्रद्येह गुरु  केचोक लिङ्पा एक तेर्तोन थिए, जो पूर्वी तिब्बतको डोमाङ गुम्बाका लामा थिए। केचोक लिङ्पा पहिलो पटक डोमाङ गुन्पामा तालिम लिएर डाक्टर पनि बनेका थिए।  उनी दुड्जोम लिङ्पासँग सीधै अध्ययन गर्ने ब्यक्ति हुन।वँहाको पिता   श्रद्धेय तुलशुक लिङ्पालाई पूर्वी तिब्बतको डोमाङ गुन्पाको दोर्जे देचेन लिङ्पा (डोमाङ तुल्कु ) द्वारा तेर्तोनको रूपमा मान्यता दिइएको थियो। तुलशुक लिङ्पाको जन्म पूर्वी तिब्बतको गोलोक क्षेत्रमा सेंगे दोर्जे नामकरण गरि भएको थियो। तेर्तोन भन्नाले – गुरु रिन्पोछे र यशे त्सोग्यालले भविष्यको फाइदाको लागि लुकेका आध्यात्मिक खजाना (तेर्मा) को खुलासा गर्ने ब्यक्ति बुझिन्छ।अर्थात गुरु रिन्पुछेका चेलाहरु , गुरु रिन्पोछे स्वरुप बुझिन्छ।   दोर्जे देचेन लिङ्पाले १९२० को दशकमा बेउल डेमोसोङ( hidden land for immortality) खोल्ने प्रयास गरे तर  उनि असफल भए।  


गुरु तुलशुक लिङपाले सानै छँदा नै फुर्वा, नम्तर, आकाशको खजाना समात्न सफल भएका थिए। गुरु तुलशुक लिङ्पा आफ्नो बीसको दशकको सुरुमा भारत आएर भारतको पश्चिमी हिमालयको हिमाचल प्रदेशमा बसोबास गरि गुन्पाहरु पनि स्थापित गरे।वँहा 1960 को प्रारम्भमा  तिब्बतबाट पूर्वी हिमालयको तत्कालीन स्वतन्त्र राज्य सिक्किममा आए – नेपाल, भुटान, तिब्बत र भारत बङ्गालको बीचमा स्यान्डविच भएको उनले सिक्किमा लुकेको उपत्य( hidden land for immortality)का खोल्ने आकासवाणी  द्वारा प्राप्त  गरे  बेउल डेमोशोङ (अमरत्वको लुकेको उपत्य or Sangrila)का ‘मार्ग खोल्न’ उनी वँहाको 300 अनुयायीहरूसँग जाँदा साल  १९६२मा,  मार्गमा नै हिँउको पैरो आएर वँहा अनि केही अनुयायीहरुको दु:खपुर्ण  मृत्यु भएको थियो। तुलशुक लिंगपा  (1916-1962)   उनको नामको अर्थ ‘क्रेजी ट्रेजर रिभिलर’ हो।
वहाँको  सिक्किमको सिन्नोन भन्ने ठाउँमा आफ्नो पैतालाको छाप प्रत्यक्ष रुपमा  आजसम्म पनि  पाउँनु हुन्छ।

श्रद्धेय दुङसे रिन्पोछेको आमा फुन्छोग छ्योडन पनि एक महान साधक र डाकिनी थिइन् जसले आफ्नो सम्पूर्ण जीवन धर्म अभ्यासमा समर्पित गरे।  उनी मध्य तिब्बतकी थिइन् र तुलशुक लिङ्पासँग सानैमा भारत आएकी थिइन्।  जब उनको ८३ वर्षको उमेरमा निधन भयो, उनको शरीर ७ दिनसम्म ध्यानमा रह्यो, र उनको कोठामा आकाशमा गोलाकार इन्द्रेणी देखा परेको थियो।
हाम्रा दुङसे रिन्पोछेको बाबाको ईतिहास थोमस के शोरले लेखेको किताब  ‘ए स्टेप अवे फ्रॉम प्याराडाइज:मा पाउनु हुनेछ। वँहाको  पिता दुजोम रिन्पोछे संगै अभ्यास गरेका हुन भने दुङसे रिन्पुछे   वहाँको शिष्य थिए।‌

दुङसे कुन्जाक जिग्मी नामग्याल रिन्पुछे गुरु तुलशुक लिङपाको एक मात्र सुपुत्र हुनु हुन्छ। वँहाको दिदी श्रद्धेय संग्युम कमला रिन्पुछे महामहिम झड्राल साङ्गे दोर्जे रिन्पोछेको धर्म पत्नि हुनु हुन्छ अनि शेरा खाण्ड्रोको अवतारी श्रद्धेय सिमोला सरस्वती रिन्पोछे वँहाको भान्जी हुनु हुन्छ। वँहा गुरु रिन्पोछेको सोझै धाराबाट आउनु भएका गुरु हुन।
वँहा जस्तो उच्च कोटिको कुलपुत्र भएर पनि साधारण हुनु हुन्छ। वँहामा घमण्ड पट्टकै छैन।
सिलगढी मैत्री म्हाणिोा बौद्ध संघका अभ्यास कर्ताहरु सबैले आफुलाई भाग्यमानि ठान्नु पर्दछ कारण हामीले यस्तो ठुलो कुलको  ज्ञानी गुरुको छत्रछायाँमा धर्म अभ्यास गर्ने मौका पाएका छौं। आफ्नु  बाबाले आफ्ना छोराछोरीलाई जस्तै माया गरेर हामीलाई का  खा  ग देखि शुन्यता सम्मको तालिम दिनु  हुन्छ।  


उहाँ जस्तो दक्छ एंव गुरु धाराको  गुरुलाई भेट्न पाउँदा अनि  वहाँले  मेरो धर्म शिक्षा सिक्ने अनुरोधलाई स्वीकार गरी दिनु हुँदा  म आफैलाई भाग्यमानी महसुस गर्दछु । म आफूलाई साँच्चै भाग्यमानी ठान्छु कारण मलाई र मेरो संघमित्रालाई उहाँको विद्यार्थीको रूपमा स्वीकार गर्नु भएकोमा म उहाँप्रति सधैं कृतज्ञ रहन्छु।  म मेरो जीवनको यो शुभ धार्मिक यात्राको लागि मेरी प्यारी सरिता लामा नाना र टाशी वाङ्चुक योल्मो जोजोलाई सम्झन चाहन्छु अनि धन्यबाद दिन चाहन्छु ।वँहाहरुले दिनु भएका यो सुनौलो मोका प्रति म    कृतज्ञ छु , किनभने उहाँहरूले मलाई वहाँको घरमा हाम्रो रिन्पोछेसँग परिचय गराउनु भएको हो।  त्यसबेलादेखि म हाम्रा रिन्पोछेले सिकाएको र निर्देशित गरेका हाम्रा बौद्ध ग्रन्थहरूको निरन्तर अभ्यास गरिरहेको छु।  उहाँ धेरै दयालु, नरम ,स्वाभावको हुनुहुन्छ । हामीलाई नर्सरीका नानीहरू सरह  पढाउँनु हुन्छ।  उहाँले हाम्रो लागि धेरै मेहनत गर्नुभएको छ।  उहाँ  यस्तो गुरु हुनुहुन्छ जसले आफैं पुस्तकहरूको जेरोक्स गर्नुहुन्छ र आफ्नै खर्चमा पुस्तकहरू(बाइन्ड) बाँध्नुहुन्छ र सबैलाई निशुल्क वितरण गर्नु हुन्छ अनि  बोलाइ बोलाई शिक्षा दान गर्नु हुन्छ। वँहाको आफ्नो स्वास्थको ,आफ्नो समयको परवाह नगरी हामी  अभ्यासकर्ताहरूलाई रगटाई रगटाई पडाउँनुमा रमाउँन हुन्छ। हामीलाई सिकाउने उहाँको समर्पण प्रशंसनीय छ।  कुनै पनि शब्दले उनको महानताको व्याख्या गर्न सकिन्दैन।  तर हामी मध्ये कोही धेरै अल्छी छौं किताबहरू लिएर कुनै अभ्यास नगरी  र पुस्तक लगेर  कुनै अभ्यास  कक्षामा उपस्थित नभई थुपार्दै  प्रदर्शनीको लागि राख्ने असभ्य हुने गर्दछौं।  तर बुद्ध धर्म कुनै प्रदर्शनी होइन यो अभ्यास, अभ्यास र अभ्यास हो।    त्यसैले म ती साथीहरूलाई भन्न चाहान्छु कि हाम्रो यस्ता गुरु रिन्पुछेको स्वरुप गुरुको समर्पणको कदर गरिदिने अनुरोध गर्दछु। हाम्रो युनिफर्म लगाएर केही पवित्र स्थानहरूमा जाँदा मात्र वज्रयानका वास्तविक बौद्ध विद्यार्थी बन्दैनौ।  वज्रयानमा सफलताको औषधी नै गुरुहरूको सम्मान  अनि गुरुले सिकाउनु भएका पाठहरुको अभ्यास हो।  त्यसैले गुरुले दिनुभएका  पुस्तकहरु र  ग्रन्थहरूलाई सम्मान गर्नु सिकौं र अभ्यास तर्फ संधै अग्रसर हौं। शनिबारको अभ्यास कक्षामा  आज्ञाकारी भई गुन्पामा  जान नभुलौ ।  समय यति छिटो छ, कसैले समातेर हातमा राख्न सक्दैन।  त्यसैले अब ढिलो नगर्नुहोस् र  सचेत हुनुहोस् किनकि तपाई स्वस्थ हुनुहुन्छ र गुरु पनि  तपाई सबैको साथमा हुनुहुन्छ।तपाई हामी साह्रै भाग्यमानी छौं।यस्तो सुनौलो क्षणहरु सबैको भाग्यमा हुँदैन।


 आदरणीय रिन्पछेज्यु पनि परमपुज्य दुजोम जिगड्रल हिस्से रिन्पुछेको शिष्य हुनु हुन्छ।
उहाँले हामीलाई दुजोम तेर्सारको पाठहरु जस्तै ङोन्ड्रौ, ठोइमा नागमो च्योद देखि तोङपाञि ( शुन्यता) सम्मको शिक्षा दिइ अभ्यासहरु सिकाउनु भएको छ।  उहाँ साँच्चै यस्तो गुरु हुनुहुन्छ कि  आफ्नो छोराछोरी जस्तै माया गरि हँसाउदै  समयको प्रवाह नगरी पढाउनु हुन्छ।।  उहाँले हामीलाई सबै प्रकारका अध्यायहरू सिकाउन हतार गर्नुहुन्छ।  यति धेरै करुणा र दयाको सागर हुनु हुन्छ। यति ठूलो उच्च स्तरको शिक्षा गुरुहरुले सिकाउन हिचकिचाउनु हुन्छ तर हाम्रा गुरुले मिठो बोलीले फकाउँदै बिलाई बोलाई शिक्षा दान गर्नु हुन्छ। वहाँ यति सरल हुनुहुन्छ कि वहाँ ले आफ्नो बस्ने स्थानको पत्तै नदिई भुंईमा बसी शिक्षा दिने गर्नु हुन्छ। वहाँ जस्तो निःस्वार्थ गुरूको आशिर्वादले हामीले छोटो समयमा यो लाखांङ बनाउन सफल बन्यौ।वँहा जहिले पनि सम्पुर्ण प्राणि कल्याणको निम्ति छेतार( प्राण दान), मरेका ति पार नपाइएकाहरुको निम्ति जुङबोइ सुर ,सुरमुची जस्ता अभ्यासहरु लाई जोड दिनु हुन्छ र सिलगढी मैत्री म्हाणिपा बोद्ध संघले यस्ता अभ्यासलाई निरन्तरता दिइरहेका छौं। यस्तो कलियुगमा सबै स्वार्थी हुन्छन्, सबैले आफ्नो लागि मात्र सोच्नु हुन्छ भने हाम्रो गुरुले सर्ब प्राणि कल्याणको हितको बृहत सोँच राख्नु हुन्छ, जिउँदो मानिसको हित देखि मरिसकेका पार नोापएकालाई पनि सोँच्नु हुन्छ।

उहाँले सबै अभ्यासकर्ताहरूलाई कुनै पनि हिचकिचाहट बिना पहिलो तिब्बती पढानु सिकाउनु हुन्छ त्यसैले हामीमध्ये अधिकांश, हाम्रो सिलगढी मैत्री म्हनिपा बौद्ध संघका करिब ९०% अभ्यासकर्ताले तिब्बती लिपी  पढ्छन्।  वँहा स्वभावले नै योगी हुनु हुन्छ। योगीहरुले नै यसको व्याख्या राम्रो बुज्नु हुन्छ।  कुनै कुराको चिन्ता गर्नु हुन्न तर हामी वँहाको विद्यार्थीको चिन्ता गर्नु हुन्छ। बिमारी भए वँहा चिन्तित हुनु भएर आफै पुजाहरु गरिदिनु हुन्छ। छुट्टीको समयमा अभ्यास कक्षा सञ्चालन गरिहाल्नु हुन्छ। वँहाको देन हामी प्रति अपरम्पार छ। वँहाले १ मिनाटको समय पनि खेरो फाल्नु दिनु हुन्न। हामिलाई बुद्ध गयामा निङमा म्होलममा बर्षीणी  लाने गर्नु हुन्थ्यो । बिहान ४ बजी उठेर आफ्नो दैनिक अभ्यासहरु सिध्याएर ६ बजी म्होलमको निम्ति जान्थ्यौं । दिनभरी पढेर लखतारण भई थाकेर आएपछि  फेरी बेलुकि छेउको मुर्दाहाट्टीमा गेशी पड्न जानु पर्थ्यो । फेरी बेलुकिको खाना बनाएर खाए पछि अब सुत्न जान पर्यो भनेर जान लाग्दा,  बोलाएर नामथार सुनाउनु हुन्थ्यो। वँहा शक्तिशाली गुरु  हुनुहुन्छ । हामी चाँही भाग्दै बस्ने प्रयासमा हुन्थिउँ। यसैले नै बुझिन्छ वँहा कति  शक्तिशाली अनि दयालु हुनुहुन्छ । १० दिनको म्होलममा कतै घुम्न पाइएन। यो पनि एउटा  गुफाबास सरह राख्नु हुन्थ्यो। आफै ह़द्य रोगी भएर पनि      
  शिक्षा दिन  हस्पिटलबाट नै सुरु गर्ला जस्तो  स्वाभावको फुर्तिलो हुनुहुन्छ हाम्रा प्यारो रिन्पुछे। वँहाले हामीलाई बिभिन्न थरिका  गृहस्थिलाई चाहिने पाठहरु को वाङ,लुङ,ठिका दिई सक्नु भएको छ। वँहाको छत्रछाँयामा नै हामीले दुजोम तेरसार ङोन्ड्रो , ठोईमा नागमोको ङोन्ड्रो,साङ्गे मेन्ला,बिधिचित्त, बज्रसत्व,साङ्गेहोपामे, छेपामे,डोल्मा,रिवो साङ,कारसुर,मारसुर,शोल्खाहरु,जुङबोइ सुर, सुरमची ,छेतार, म्होलमहरु, मिखादोक, शेरब ञिङपो,दुक्कार,ग्याल्छेन चेमो, छोक्चु मुनसेल ,‌ छिक्दुन सोल्देव,साम्पा ल्युन्डुप,बारछे लमसेल ,शिठो लाछो, बरदो,फोवा  ईत्यादि ईत्यादि , ठोइमा नागमो च्योद, गेस्सि ,तोङपाञिको अभ्यासहरु सिकीसकेका छौं।
यति बृस्तित रुपमा हामीलाई समय अनुकुल चाहिने पाठहरु सिकाउन भएको छ। वहाँ सरल हुनु भएकाले धेरैले एउटा साधारण लामा मात्र सम्झिन्छन् तर वाँहा असाधारण हुनु हुन्छ, वहाँकोमा अपार ज्ञानको भण्डार छ। वहाँ बुद्ध धर्मको ज्ञानरत्न  हुनुहुन्छ।
हाम्रा यस्ता पुजनीय गुरू दुङसे कुन्जाङ जिग्मी नामग्याल रेन्पुछेज्युको  यस धर्म दानको प्रतिफलले  संधै स्वास्थ रहुन, दिर्घायु रहुन्  अनि नँया आउने सबै अभ्यासकर्तालाई शिक्षा  दिई रहन सकुन।  वँहाको यो परिचय पडेको पुण्यले सबै बिमारीहरु निको हुन सकोस औ यस संसारमा संधै शान्ति छाओस्।
सर्ब मंगलम।

श्रीमती स्वप्न जिम्बा
सचिव
सिलगढी मैत्री म्हाणिपा बोद्ध संघ, शिसाबारी,मिलन मोड।